काठमाडौं ८ फागुन । आइतबार बसेको संसद बैठकमा एमालेका नेता भीम रावललाई बोल्न दिइएको भन्दै एमालेले नै आपत्ती जनाएको छ ।
एमसीसी राष्ट्रघाती परियोजना भएको भन्दै आएका रावलले आइतबार बसेको संसद बैठकमा समय लिएर एमसीसी संसदमा टेबल गर्न हुँदैन भन्ने अभिव्यक्ति दिएका थिए ।
बैठक लगत्तै सभामुख अग्निप्रसाद सापकोटालाई एमालेका प्रमुख सचेतक विशाल भट्टराईले के आधारमा रावललाई बोल्न दिएको भन्दै प्रश्न गरेका थिए । पार्टीले संसदमा वक्ता चयन गरेपछि मात्र बोल्न पाउने बताएका उनले सापकोटालाई भेटेर रावललाई बोल्न समय दिइएकोमा अपत्ति जनाएका हुन् ।
संसदीय प्रक्रियामै आफ्नो पार्टी सामेल हुने परिस्थिति नबेको बताएका उनले भने , ‘भीम रावललाई सभामुखले बोल्ने समय दिनुभयो । यसमा आपत्ति छ’ ।
साथै यस विषयमा आफुबाट गल्ति भएको भन्दै सभामुखले आफ्नो गल्ती स्विकार गरेको पनि उनले जनाएका छन् ।