देश पैसासँग साट्न सकिँदैन, नेपाली जनताले देश विकास गर्न आधा पेट खाएर पैसा दिन तयार छन् : दुर्गा पौडेल — OSNepal

देश पैसासँग साट्न सकिँदैन, नेपाली जनताले देश विकास गर्न आधा पेट खाएर पैसा दिन तयार छन् : दुर्गा पौडेल

LC (KTM) February 20, 2022 0

काठमाडौं ८ फागुन । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले एमसीसी खारेज हुनुपर्ने बताएकी छन् । आज बसेको संसद बैठकमा एमसीसी टेबल भएपछि उनले आफ्नो ऐन कानुनभन्दा माथि हुने गरी ल्याइएको एमसीसी खारेज गर्नुपर्ने बताएकी हुन् ।

‘हाम्रो देशको कानुनभन्दा माथि एमसीसीको कानुन लागु हुने छ,’ उनले भनिन्, ‘उद्योग तथा संस्थासँग उठाउन बाँकी कर उठाऔँ, त्यही पैसाले देश चल्न सक्छ, तर देश पैसासँग साट्न सकिँदैन ।’ उनले भनिन् ।

नेपाली जनताले आधा पेट खाएर भएपनि देश विकास गर्न पैसा दिन तयार भएको दावी गरेकी उनले एमसीसी टेबल होइन सुचीबाट खारेज गरेर जानुपर्ने उनले बताएकी छन् ।

‘नेपाली जनता आज सडकमा उत्रिएका छन्, घरमा खाना पकाउने आगो निभाएर सडकमा आगो बालेका छन्,’ त्यसैले एमसीसीलाई खारेज गरी फिर्ता पठाऔँ, देश रहे हामी सबै रहन्छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर