सभामुखलाई एमसीसी संसदमा टेबल नगर्न माओवादी नेता देव गुरुङको आग्रह — OSNepal

सभामुखलाई एमसीसी संसदमा टेबल नगर्न माओवादी नेता देव गुरुङको आग्रह

LC (KTM) February 20, 2022 0

काठमाडौं ८ फागुन । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले संसद बैठकमा एमसीसी संसदमा टेबल नगर्न आग्रह गरेका छन् ।

एमाले सांसदहरुका नारावाजीका बिच पनि सुरु भएको संसद बैठकमा नेता गुरुङले सभामुख सामु आग्रह गरेका हुन् ।

आफ्नो पार्टीको निणर्य प्रति आपत्ती जनाउँदै नेता गुरुङले संसद अवरोध रहेको र आर्थिक सहयोगसम्बन्धी सम्झौता संसदमा पेश गर्ने प्रचलन पनि नभएकाले एमसीसी पनि टेबल गर्न बताएका छन् ।

एमसीसी राष्ट्रिय हित विपरीतको विषयमा भएको उनको तर्क रहेको छ । साथै उनले सभामुखले अवरुद्ध संसद खुलाउन आग्र गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर