निषेधाज्ञाको अवधिमा भीडभाड बढेपछि प्रहरीले थप कडाइ गर्दै — OSNepal

निषेधाज्ञाको अवधिमा भीडभाड बढेपछि प्रहरीले थप कडाइ गर्दै

LC (KTM) June 05, 2021 0

वाग्मती , २२ जेठ – वाग्मती प्रदेशको राजधानी हेटौँडामा जारी निषेधाज्ञाको अवधिमा भीडभाड बढेपछि प्रहरीले थप कडाइ गर्न थालेको छ । स्थानीय प्रशासनले बिहानको समयमा उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी) बिक्री वितरण गर्न अनुमित दिएसँगै बिहानको समय हेटौँडा बजारमा भीडभाड देखिएपछि प्रहरीले थप कडाइ गर्न थालेको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको कोभिड–१९ सङ्कट व्यवस्थापनले बजार निषेधाज्ञामा बजार क्षेत्र भीडभाड नहोस् भन्दै उपभोग्य वस्तु बिहान ४ः०० देखि ९ः०० बजेसम्म बिक्री वितरण गर्न अनुमति दिएपछि बजार क्षेत्रमा भने अत्यधिक भीड हुने गरेको छ । विशेषगरी हेटौँडा बजारको बुद्धचोक, उद्योग वाणिज्य सङ्घ क्षेत्र, कान्तिराजपथ, सीमाचोक, शीतलमहलचोक, सोनोपोखरा चोक, सङ्गमचोक, स्कुलरोडलगायत स्थानमा अत्यधिक भीड देखिएको हो । बजार क्षेत्रमा निजी सवारी साधनको पनि भीडभाड देखिएपछि प्रशासनले निषेधाज्ञा पालना गराउन व्यापक प्रहरी परिचालन गरेको छ ।

बजार क्षेत्रमा भीडभाड बढेसँगै कोरोना सङ्क्रमणको जोखिम पनि बढेको हो । मकवानपुरमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या घट्दै र सङ्क्रमण निको हुनेको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा हालसम्म नौ हजार ११९ जनामा कोरोना पुष्टि हुँदा छ हजार ८४१ जना सङ्क्रमणमुक्त अर्थात् निको भइसकेका छन् ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर