चार जना संक्रमितको ज्यान जाँदा एक हजार २७२ जना भए निको , थपिए ३५० जना संक्रमित — OSNepal

चार जना संक्रमितको ज्यान जाँदा एक हजार २७२ जना भए निको , थपिए ३५० जना संक्रमित

LC (KTM) February 19, 2022 0

काठमाडौं ७ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३५० जनाका कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १३ हजार ८९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९६ नमुना परीक्षण गर्दा ३५० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९१७ पुगेको छ ।

साथै, एक हजार २ सय ७२ जना निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ५० हजार ५६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर