आजबाट बढ्यो कुखुराको मासुको मुल्य, कति पुग्यो प्रतिकेजी ? — OSNepal

आजबाट बढ्यो कुखुराको मासुको मुल्य, कति पुग्यो प्रतिकेजी ?

LC (KTM) February 19, 2022 0

काठमाडौं ७ फागुन । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले आजदेखि कुखुराको मासुको मूल्यवृद्धि गरेको छ ।

आजबाट लागु हुने गरी संघले प्रतिकिलो १५ रुपैंया मुल्य बढाएको हो । साथै आजैबाट किसानले पाउने मूल्य प्रतिकिलो १० रुपैयाँले बढेको पनि संघले जानकारी गराएको छ ।

किसानले पाउने मुल्य बढेकाले उपभोक्ताले पाउने मुल्य पनि बढेको संघको भनाई रहेको छ । योसँगै अब काठमाडौं उपत्यकामा कुखुराको मासुको पतिकेजी मुल्य ३६० भएको पुगेको छ ।

संघले चिसो याममा कुखुराको उत्पादन घट्दा मासुको मुल्य बढ्न गएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर