एमसीसी संसद्मा टेबल गर्न नरोक्ने नेकपा एकीकृत समाजवादीको निणर्य — OSNepal

एमसीसी संसद्मा टेबल गर्न नरोक्ने नेकपा एकीकृत समाजवादीको निणर्य

LC (KTM) February 19, 2022 0

काठमाडौं ७ फागुन । नेकपा (एकीकृत समाजवादी) ले अमेरिकी परियोजना एमसीसी संसद्मा टेबल गर्न नरोक्ने भएको छ ।

नेकपा एसको आज बसेको स्थायी समितिको बैठकले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्नबाट नरोक्ने निर्णय गरेको सहरी विकास मन्त्री तथा पार्टी सचिव रामकुमारी झाँक्रीले जानकारी दिएकी हुन् । साथै बैठकले यथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने पनि निणर्य गरेको छ ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले दिएको जानकारी अनुसार एमसीसीलाई संशोधन गरेरमात्र पारित गर्न सकिने पार्टीको धारणा रहेको छ ।

संसदमा एमसीसी टेबल गर्ने कुरामा आफ्नो पार्टीको आपत्ति नभएको बताएका उनले भनेका छन् ,’ संसद्मा छलफल गर्न पाउनुपर्छ । तर यसका केही विषयहरू स्पष्ट हुनुपर्छ । जबरजस्ती टेबुल गरिने छैन,’ उनले भने, ‘यसका लागि सहमति हुनुपर्छ । संसद्को अवरोध हट्नुपर्छ । अनि मात्र टेबल गर्ने वातावरण बन्नसक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर