संसदबाटै एमसीसी टुंगोमा पुर्‍याउन खोजिएको भएपनि अहिलेको गठबन्धन नै अवरोधको कारक : अध्यक्ष ओली — OSNepal

संसदबाटै एमसीसी टुंगोमा पुर्‍याउन खोजिएको भएपनि अहिलेको गठबन्धन नै अवरोधको कारक : अध्यक्ष ओली

LC (KTM) February 19, 2022 0

काठमाडौं ७ फागनु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सरकारबाट हटाएपछि एमसीसी पास गछौं भन्दै पर सारेको बताएका छन् । शनिवार सूर्यविनायक नगर अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

आफ्नो नेतृत्वमा सरकार रहँदा एमसीसी टुंगोमा पुर्‍याउन खोजिएको भए पनि असफल पारिएको बताएका उनले भने , ‘एमालेलाई सरकारबाट हटाएपछि पास गर्छौ भनेर पर सार्दै गए । अहिले एमसीसीकै कारण अन्तर्राष्ट्रिय सम्बन्ध नै तहसनहस बनाएका छन् ।’

आफुहरुले संसद पेश गरौं जे गर्ने हो संसदले गर्छ भनेको बताएका उनले भने, ‘जनप्रतिनिधिले छलफल गरेर टुंगो लगाउँछन् भनेका थियौ संसदबाटै टुंगो लगाउन खोजेको भए पनि त्यसबेला अहिलेको गठबन्धनले नै अवरोध गरेको छ । ‘

५ वर्ष अगाडि अहिले जो सरकारमा छ उसैले एमसीसीमा सम्झौता गरेका बताएका ओलीले अहिले सम्म संसदमा पुर्याउन नसेकेको भन्दै गठवन्धन सरकारको आलोचना समेत गरेका छन् ।

ठूला शक्तिराष्ट्रहरू नेपाल खेल मैदान हुने गरी उत्रिन थालिसकेको बताएका उनले ठूला राष्ट्रहरू मसल लडाउने अवस्थामा पुग्न थालेको उनको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर