५०१ जना कैदीबन्दीको कैद सजाय माफी, १२ जनालाई हुने भो आममाफी — OSNepal

५०१ जना कैदीबन्दीको कैद सजाय माफी, १२ जनालाई हुने भो आममाफी

LC (KTM) February 18, 2022 0

काठमाडौं ६ फागुन । सरकारले भोली राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५०१ जना कैदीबन्दीको कैद सजाय माफी गर्ने भएको छ ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्ती मार्फत यसको जानकारी गराइएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५०१ जना कैदीबन्दीको बाँकी सजाय कट्टा गरी माफी दिने भएकी हुन् ।

साथै, फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आङनिमा शेर्पासमेतका १२ जनालाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएको फैसला बमोजिम आममाफी हुने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर