एमसीसीको विरोधमा नेपालमा संसद देखि सडक सम्म विरोध हुन थालेपछि अमेरिकी दूतावासले भन्यो– हिंसा भड्काउने विचार स्वीकार्य छैन — OSNepal

एमसीसीको विरोधमा नेपालमा संसद देखि सडक सम्म विरोध हुन थालेपछि अमेरिकी दूतावासले भन्यो– हिंसा भड्काउने विचार स्वीकार्य छैन

LC (KTM) February 18, 2022 0

काठमाडौं ६ फागुन । नेपालस्थित रहेको अमेरिकी दूतावासले एमसीसी परियोजनामा भएका स्वस्थ्य बहसहरू मात्र स्विकार्य भएको बताएका छन् ।

एमसीसीको विरोधमा नेपालमा दिनहुँ संसद देखि सडक सम्म विरोध हुन थालेपछि दुतावासले आज शुक्रबार आफ्नो आधिकारीक ट्वीटर ह्यान्डलबाट ट्वीट गर्दै सो जानकारी गराएको हो ।

‘आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ। तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन्।’ दुतावासले भनेको छ ।

सत्ता गठवन्धनमा नै एमसीसीको विषयलाई लिएर मतभेद भइरहँदा एमसीसीको विषयले नेपाली राजनीतिमा तरंग नै ल्याइदिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर