हुम्लाका अधिकांश गाउँमा लक्षणविनाका कोरोना सङ्क्रमितहरु देखिन थालेपछि झनै त्रास बढ्यो — OSNepal

हुम्लाका अधिकांश गाउँमा लक्षणविनाका कोरोना सङ्क्रमितहरु देखिन थालेपछि झनै त्रास बढ्यो

LC (KTM) June 05, 2021 0

हुम्ला । यहाँका अधिकांश गाउँपालिकामा कोरोनाको लक्षणविनाका सङ्क्रमितहरु देखिन थालेका छन् । दोस्रो लहरपछि यहाँ लक्षणविनाका बिरामी देखिन थालेका हुन् ।

एन्टिजेन विधिबाट परिक्षण गर्दा कोरोना पुष्टि भए पनि दश दिन आईसोलेसनमा बस्दा सङ्क्रमितहरु लक्षण विनाका देखिएका छन् । सङ्क्रमित पुष्टि भएका जिल्लाका अधिकांश व्यक्तिहरु लक्षण नभएको देखिएको जिल्ला अस्पतालका चिकित्सक टासी आङ्जु लामाले बताउनुभयो । कोरोना भएर आइसेलेसनमा बस्दै आएका सङ्क्रमित नौ देखि दशदिनमा घर फर्किने गरेको र आइसोलेसन अवधिमा उहाँहरुमा कुनै पनि कोरोनाको लक्षण नदेखिएको चिकित्सक लामाले बताउनुभयो ।

जिल्लाका सात वटै गाउँपालिकामा एन्टिजेन किटबाट एक हजार दुई सय जनाको परिक्षण गर्दा १ सय ७५ जनामा कोरोना पुष्टि भएको थियो । त्यसमा १ सय २४ जनामा लक्षण नदेखिएको उहाँले बताउनुभयो । कोरोना पुष्टि भएका मध्ये छ जनालाई अक्सिजनको आवश्यकता परेको र १५ जनालाई सामान्य रुघाखोकी, ज्वरो आउने समस्या देखिएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर