अर्घाखाँची । बृहत युवा अभियान रुपन्देही द्वारा अर्घाखाँची को पाणिनि गाउँपालिका ३ खिदिम मा रहेका तीन विद्यालय लाई सहयोग गरेको छ ।
बृहत युवा अभियान रुपन्देही द्वारा संचालित कार्यक्रममा अर्घाखाँची को पाणिनि गाउँपालिका ३ खिदिम मा रहेका तिन वटा विद्यालयका ६० जना बिपन्न परिवारका विद्यार्थीहरु लाई एक एक जोडी न्यानो कपडा स्विटर ,मोजा साथौ ,शैक्षिक सामाग्रीहरु कपी ,झोला ,बितरण गरेको छ ।साथै अति बिपन्न ५ घर परिवारलाई खाद्यान्न समेत वितरण गरेको छ । करिब ४० हजार बराबरको सामाग्री वितरण गरेको हो ।
रुपन्देही को जिल्ला प्रशासन कार्यलय मा दर्ता भएको यस संस्थामा ५० जना सदस्य रहेका छन । संस्था ले दर्ता चरण देखि नै सामाजिक क्षेत्र जस्तै बिपन्न परिवारका बालबालिका बृद्ध-बृद्दा ,अपाङ्ग ,सामाजिकजनचेतना मुलक नाटक ,महिला हिंसा विरुद्धका कार्यक्रम र बाढी ,पहिरो लगायतका क्षेत्रहरु मा काम गरिरहेको छ ।
जो खान नपाएर तड्पिरहेका छ्न उनीहरुका लागि सहयोग गर्ने र त्यो सहयोग को लागि आर्थिक रकम देश बिदेशबाट विभिन्न नेपाली दाजु,भाइहरु ले गर्दै आउनु भएको बृहत युवा अभियान कि अध्यक्ष पुष्पा भट्टराई ले बताइन् ।
सामाजिक कार्यमा अघि बढेको यश संस्था ले विद्यार्थी हरुको मनोरञ्जन को लागि नृत्य पनि प्रस्तुत गरेको थियो । संस्था ले आगामी दिनहरु मा अर्घाखाँचीका अन्य ठाउँहरु मा पनि यस्तै सहयोगका कार्यक्रम हरु ल्याउने भएको छ ।