काठमाडौं ५ फागुन । पाँच बजे भनिएको सत्तारुढ गठबन्धनको शिर्ष नेताहरुको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।
बैठकमा अमेरिकी परियोजना एमसीसीको विषयमा सहमति गराउने निर्णायक छलफल हुने भएको छ । भोली बस्ने संसद बैठकमा एमसीसी अनुमोदन गरिने भएपछि आज सत्ता गठवन्धनको बैठक सुरु भएको हो ।
तर यस विषयमा माधव नेपाल र प्रचण्ड भने विपक्षमा रहेका छन् ।