काठमाडौं ५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको छ । एमसीसीको विषयमा पेचिलो बन्दै जाँदा देउवा र र्यान्डी बेरीबीच बुधबार साँझ बाुलवाटारमा भेतवार्ता भएको हो ।
बुधबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच भेटवार्ता भएको हो ।भेटमा अमेरिकी राजदूत बेरीले अब एमसीसीको समय बढाउन नसकिने भन्दै यस विषयमा निणर्य लिन समेत आग्रह गरेका छन् ।
पाचँ दलको गठवन्धन सरकारमा एमसीसीको पक्षमा सत्तारुढ दल नेपाली कांग्रेस एक्कलो भएको छ । आज साँझ एमसीसीको विषयमा निर्णायक बैठक बस्दै छ । सरकारमा रहेका नेकपा माओवादी केन्द्र र समाजवादी संशोधन गरेर मात्रै पास गर्नुपर्ने अडान लिँदै एमसीसी पास गरे सरकार छाड्ने चेतावनी समेत दिएको छ ।
जसपाले कुनै निणर्य सुनाएको छैन भने अर्को राष्ट्रिय जनमोर्चा पास नै गर्न नहुने पक्षमा छ । बेरी र देउवा बिच भएको छलफलको विषयमा देउवाले आज साँझ बस्ने गठवन्धनको बैंठकमा जानकारी गराउने भएका छन् ।