एक बिहानै बालाजुमा काल बनेर आएको बसको ठक्करबाट १८ वर्षीय किशोर र एक महिलाको मृत्यु — OSNepal

एक बिहानै बालाजुमा काल बनेर आएको बसको ठक्करबाट १८ वर्षीय किशोर र एक महिलाको मृत्यु

LC (KTM) February 17, 2022 0

काठमाडौं ५ फागुन । बालाजु स्थित गंगा हल अगाडी बसको ठक्करबाट दुई जना पैदल यात्रुको ज्यान गएको छ । बिहिबार बिहान ६ बजे भएको उक्त बसले एक महिला र एक पुरुषलाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट गम्भिर घाइते भएका उनीहरुको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको हो । ज्यान गुमाउनेमा रसुवाका १८ वर्षीय विकास तामाङ र अर्की अन्दाजी ५० ५२ वर्षर्की महिला रहेकी छन् ।

जसको परिचयन खुलेको छैन । यात्रुलाई ठक्कर दिएपछि बस सहित चालक फरार भएका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीलै जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर