मनाङको लक्ष्य शीर्ष दुई, आज एकै समयमा दुई खेल हुँदै — OSNepal

मनाङको लक्ष्य शीर्ष दुई, आज एकै समयमा दुई खेल हुँदै

LC (KTM) February 17, 2022 0

काठमाडौं, ५ फागुन-सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत एघारौं चरणको अन्तिम दिन आज (बिहीबार) दुई खेलहरु हुँदैछन् । दुबै खेल दिउँसाे १ बजे दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछन् ।

त्रिपुरेश्वरस्थित रंगशालामा हुने खेलमा एपीएफ क्लबले मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ । मनाङ एपीएफलाई हराउँदै दोस्रो स्थान रहन चानछ भने एपीएफ मनाङलाई स्तब्ध पार्दै रेलिगेशनबाट ढुक्क हुन चाहन्छ ।

मनाङ १० खेल २० अंक जोडेर दोस्रो स्थानमा छ । एपीएफ १० खेलमा ११ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी १० खेलमा १४ अंक जोडेर सातौं स्थानमा रहेको छ । संकटा १० खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

जारी लिगमा दुई खेल बाकी रहदै मछिन्द्र फुटबल क्लब च्याम्पियन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर