बागलुङ र बर्दियामा चौथो पटक निषेधाज्ञा थपियो ,बैंक तथा वित्तीय संस्था हप्तामा दुई दिन खुल्ने — OSNepal

बागलुङ र बर्दियामा चौथो पटक निषेधाज्ञा थपियो ,बैंक तथा वित्तीय संस्था हप्तामा दुई दिन खुल्ने

LC (KTM) June 04, 2021 0

गलकोट, बाँके- बागलुङ र बाँकेमा चौथो पटक निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समिति बागलुङको बैठकले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो ।

उहाँका अनुसार यसअघि बन्द बैंक तथा वित्तीय संस्था सञ्चालनलाई भने केही खुकुलो बनाइएको छ । अब बैंक तथा वित्तीय संस्था बुधबार र आइतबार बिहान ७ देखि १० बजेसम्म खुला रहने छ । बैठकले यही जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण र मृत्यु दर नघटेको जनाउँदै बर्दियामा पनि स्थानीय प्रशासनले चौथो पटक निषेधाज्ञा थपेको छ । जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै १० दिन जिल्लाभर निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर