काठमाडौं ४ फागुन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानन्यायाधिश विरुद्ध लगाइएको महाअभियोग पास नहुने दावी गरेका छन् ।
सरकार या विपक्षी दलले जोसुकैले दर्ता गरेपनि उक्त महाअभियोग पास नहुने जिकिर गरेका हुन् । सिन्धुपाल्चोकमा पत्रकारहरूसँग कुराकानी गर्दै पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।
सर्वोच्च अदालतमा महाअभियोग लगाउनुपर्ने धेरै व्यक्तिहरू भएपनि कसैको महाअभियोग पास नहुने उनले जिकिर गरेका छन् ।
‘अहिले संसद्भित्र जे समीकरण छ । हामीले पेस गरे पनि पास हुँदैन, सत्ताले पास गरे पनि पास हुनेवाला छैन । यो त न्यायाधीश तर्साउने मात्रै हो ।’उनले भने ।
प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर सत्ता गठवन्धन दलले गलत गरेको बताएका उनले न्यायाधीश तर्साउन थाले आफूहरूले पनि हतियार प्रयोग गर्न चेतावनी समेत दिएका छन् ।