अमेरिकाले नेपाललाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने — OSNepal

अमेरिकाले नेपाललाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने

LC (KTM) June 04, 2021 0

काठमाडौँ, २१ जेठ – सरकारलाई संयुक्त राज्य अमेरिकाले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै अमेरिका सरकारले नेपाललाई कोभिड–१९ विरुद्धको खोप सहयोग गर्ने निर्णय गरेको जानकारी गराउनुभयो ।

उहाँले कुन खोप र कति मात्रा दिने भन्ने कुरा विज्ञप्तिमा उल्लेख गर्नुभएको छैन । “कोभिड–१९ विरुद्धको खोप नेपाललाई उपलब्ध गराउने घोषणा गर्नु सराहनीय छ । यस सहयोगको घोषणाप्रति हार्दिक धन्यवादसहित आभार प्रकट गर्दछौँ । साथै भविष्यमा नेपाल र नेपालीका तर्फबाट यस किसिमका साथ र सहयोगको अपेक्षा गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ । यसअघि पनि कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अमेरिकाले स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर