गठबन्धनभित्रै साझा धारणा नबनेसम्म कांग्रेसको एकल निर्णयमा एमसीसी अनुमोदन प्रस्ताव पेस हुँदैन : देव गुरुङ — OSNepal

गठबन्धनभित्रै साझा धारणा नबनेसम्म कांग्रेसको एकल निर्णयमा एमसीसी अनुमोदन प्रस्ताव पेस हुँदैन : देव गुरुङ

LC (KTM) February 16, 2022 0

काठमाडौं ४ फागुन । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले सत्तागठवन्धन दलहरुबिच नै सहमति नभए एमसीसी अगाडी बढाउनुको कुनै औचित्य नभएको बताएका छन् ।

आज बुधबार बसेको संसद बैठक पछि बाहिरिने क्रममा नेता गुरुङले पत्रकाहरुसँगको कुराकानीमा गठबन्धनभित्रै साझा धारणा नबनेसम्म एमसीसीलाई अघि बढाउनुको कुनै औचित्य नहुने बताएका हुन् ।

सरकारले लाने प्रस्तावमा गठवन्धन दल सहमति हुनु जरुरी रहेको उनले बताएका छन् ।गठबन्धनभित्र छलफल नगरी एमसीसी अनुमोदन प्रस्ताव पेस गर्ने कांग्रेसको निणर्यलाई रोकिएको उनको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर