कांग्रेसको खुलासा : प्रधानन्यायाधीशमाथि महाअभियोग नलगाऔं भन्दा प्रचण्डले महाअभियोग लगाए एमसिसीमा सहयोग गर्छौं भने, तर आज आएर धोका ! — OSNepal

कांग्रेसको खुलासा : प्रधानन्यायाधीशमाथि महाअभियोग नलगाऔं भन्दा प्रचण्डले महाअभियोग लगाए एमसिसीमा सहयोग गर्छौं भने, तर आज आएर धोका !

LC (KTM) February 16, 2022 0

काठमाडौं ४ फागुन । सत्तारुढ दल नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरामाथि महाअभियोग लगाए एमसीसीमा आफुले समर्थन गर्ने भन्दै कांग्रेसलाई दिएको वचन पुरा नगरेको बुझिएको छ ।

कांग्रेसका एक नेताले भनेका छन् , सुरूमा हामीले प्रधानन्यायाधीशमाथि महाअभियोग नलगाऔं भन्दा माओवादीले चोलेन्द्रलाई महाअभियोग लगाऔं हामी एमसिसीमा सहयोग गर्छौं भने, आज आएर सहमति तोड्ने कुरा गर्छन् । ‘

एमसीसी संदनमा टेबल भए गठवन्धन तोड्ने प्रचण्डले चेतावनी दिएका थिए । आज बस्ने संसद बैठकमा एमसीसी टेबल गर्ने भनिएपछि बालुवाटार पुगेका प्रचण्डले कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरी संसदमा एमसीसी टेबल नहुने समहति गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर