एमसीसी सार्वभौमसत्ता र स्वाधीनतासँग जोडिएको महत्वूपूर्ण विषय भएकाले संसदमा छलफल हुनुपर्छ : भीम रावल — OSNepal

एमसीसी सार्वभौमसत्ता र स्वाधीनतासँग जोडिएको महत्वूपूर्ण विषय भएकाले संसदमा छलफल हुनुपर्छ : भीम रावल

LC (KTM) February 16, 2022 0

काठमाडौं ४ फागुन । नेकपा एमालेका नेता डा भीम रावलले अमेरिकी परियोजना एमसीसी संसदमा छलफल हुनुपर्ने बताएका छन् ।

आज बुधबार बसेको संसद बैठक पछि संसद भवनबाट बाहिरिने क्रममा नेता रावलले पत्रकारहरुसम्ग बोल्दै उनले एमसीसीको विषयमा संसद बैठकमा छलफल हुनुपर्ने बताएका हुन् ।

यस्तो महत्वपुर्ण विषयमा नेपाली जनताबाट निर्वाचित हामी जनप्रतिनिधिले एमसीसीका ती दफाहरु राख्न पाउनुपर्ने बताएका उनले जनताले संसदमार्फत थाहा पाउनुपर्ने बताएका छन् ।

राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतासँग जोडिएको यत्रो संवेदनशील विषय, नेपाली जनताको सरोकारको विषयमा छलफल गर्न नपाउनु उचित नभएको उनको तर्क रहेको छ ।

एमसीसी नेपालको सार्वभौमसत्ता र स्वाधीनतासँग जोडिएको महत्वूपूर्ण विषय भएकाले संसदमा छलफल हुन आवश्यक रहेको उनको दावी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर