प्रर्दशनकारी र प्रहरीबिच झडप हुँदा केही प्रर्दशनकारी घाइते , प्रहरीले प्रयोग गर्यो अश्रुग्यास र पानीको फोहोरा — OSNepal

प्रर्दशनकारी र प्रहरीबिच झडप हुँदा केही प्रर्दशनकारी घाइते , प्रहरीले प्रयोग गर्यो अश्रुग्यास र पानीको फोहोरा

LC (KTM) February 16, 2022 0

काठमाडौं ४ फागुन । नयाँ बानेश्वरस्थित संसद भवन अगाडी एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि अश्रुग्यास, पानीको फोहोरा र लाठी चार्ज भएको छ । आज बसेको संसद बैठकमा एमसीसी टेबल गर्ने भनिएपछि त्यसको विरोधमा आज बिहानै देखि प्रदर्शन भइरहेको छ ।

माइतीघरदेखि एमसीसीको विरुद्ध नारावाजी गर्दै प्रर्दशनकारी संसद भवन अगाडी बढेपछि प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास, पानीको फोहोरा प्रयोग गरेको हो ।

निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ आउन खोज्दा प्रर्दशनकारी र प्रहरीबिच झडप हुँदा केही प्रर्दशनकारी समेत घाइते भएका छन् । तथापी, आज बसेको संसद बैठकमा एमसीसी टेबल हुने भने सकेन ।

सरकारमा रहेका दलहरुबिच नै सहमति नभएपछि संसद बैठक पनि शुक्रबार बस्ने गरि स्थगित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर