६ गते बस्ने संसद बैठकमा एमसीसी टेबल गछौँ : कानुनमन्त्री बडु — OSNepal

६ गते बस्ने संसद बैठकमा एमसीसी टेबल गछौँ : कानुनमन्त्री बडु

LC (KTM) February 16, 2022 0

काठमाडौं ४ फागुन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले फागुन ६ गते. बस्ने संसद बैठकमा एमसीसी टेबल गर्ने बताएका छन् ।

संसद बैठकपछि बाहिरिने क्रममा मन्त्री बडुले सञ्चार माध्यमहरुसँग कुराकानी गर्ने क्रममा भोली बस्ने सत्ता गठवन्धनदलको बैठकमा सहमति जुटाएर संसदमा एमसीसी टेबल गर्ने प्रतिक्रिया दिएका हुन् ।

दलहरुलाई थप समय चाहिएकोले २ दिनको समय दिएको बताएका उनले सहमति जुटाएर फागुन ६ गते पेश गर्ने तयारी भएको बताएका छन् ।

आज बसेको संसद बैठकमा एमसीसी टेबल गर्ने भनिए पनि सत्ता गठवन्धन दलका नेता सहमति नभए पछि आज टेबल नभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर