संसद बैठक सुरु भएसँगै एमालेको नारावाजी सुरु, सभामुखले बढाए अवरोधका बिच पनि बैठकको काम कारवाही — OSNepal

संसद बैठक सुरु भएसँगै एमालेको नारावाजी सुरु, सभामुखले बढाए अवरोधका बिच पनि बैठकको काम कारवाही

LC (KTM) February 16, 2022 0

काठमाडौं ४ फागुन । नयाँ बानेश्वरस्थित संसद भवनमा संसद बैठक सुरु भएको छ । बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ ।

एमालेको अवरोधका बिच पनि सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक अगाडी बढाएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको प्रतिवेदन संसद बैठकमा पेश गरेका छन् ।

एमालेले आफ्नो माग पुरा नगरेको भन्दै भदौ २३ गते देखि संसद बैठक अवरुद्ध गर्दै आएको छ । आज बस्ने संसद बैठकमा एमसीसी टेबल गर्ने भनिए पनि अन्त्तिम समयमा प्रधानमन्त्री शेरबहादुर देउवा व्याक भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर