संसदमा एमसीसी पारित भए विपक्षमा मतदान गर्ने माओवादीको निणर्य — OSNepal

संसदमा एमसीसी पारित भए विपक्षमा मतदान गर्ने माओवादीको निणर्य

LC (KTM) February 16, 2022 0

काठमाडौं ४ फागुन । नेकपा माओवादी केन्द्रले आज बस्ने संसद बैठकमा एमसीसी टेबुल भए विपक्षमा मतदान गर्ने निणर्य गरेको छ ।

अहिले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको माओवादीको संसदीय दलको बैठकले यस्तो निणर्य गरेको हो ।

राष्ट्रिय सहमति नभई एमसीसी टेबुल गर्न नहुने निष्कर्ष निकालेको माओवादीले सरकारमा सहभागी सबै दलहरुको सहमति विना सरकारले निणर्य गर्न नहुने जनाएको छ ।

गठबन्धनको निर्णयबिना सरकार आफ्नो हिसाबले अगाडि बढ्यो भने गठबन्धन तोडिन्छ गठबन्धन तोडियो भने सरकार पनि स्वतः तोडिने माओवादीका एक नेता बैठक पछि बताएका छन् ।

संशोधन नगरी एमसीसी पारित गर्न नसकिने निणर्य गरेको माओवादीले
संसद अवरुद्ध हटाउनु पहिलो सरकारको पहिलो काम भएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर