संसद बैठकमा एमसीसी टेबुल गरिने भएपछि सभामुखले बोलाए संसद बैठक अगावै कार्यव्यवस्था परामर्श समितिको बैठक — OSNepal

संसद बैठकमा एमसीसी टेबुल गरिने भएपछि सभामुखले बोलाए संसद बैठक अगावै कार्यव्यवस्था परामर्श समितिको बैठक

LC (KTM) February 15, 2022 0

काठमाडौं ३ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

भोली बुधबार दिउँसो १ बजे बस्ने संसद बैठक सुचारु गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले भनेपछि सभामुख सापकोटाले भोली बिहान ११ बजे संसद बैठक अगावै कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

भोलीको संसद बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसले एमसीसी टेबुल गर्ने निणर्य गरेपछि भोली बस्ने संसद बैठकको मुख्य एजेण्डा तय गर्न सापकोटाले बैठक बोलाएका हुन् ।

आज बसेको नेपाली कांग्रेसको संसदीय दलको बैंठक पछि देउवाले सापकोटालाई टेलिफोन मार्फत कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन आग्ह गरेका थिए ।

हिजो सोमबार बसेको सर्वदलीय बैठकमा सापकोटाले दलहरु एमसीसी पारित गनृ सहमत भए आफुबाट नरोकिने समेत स्पष्ट पारेका थिए । यति बेला सापकोटा दवावमा परेका छन् ।

माओवादी केन्द्रका नेता सापकोटा एमसीसीको विपक्षमा थिए तर चौतर्फी दवाव आएपछि सोमबार संसदमा टेबुल गर्न आफुबाट नरोकिने प्रतिक्रिया दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर