१८३५ जना कोरोनामुक्त हुँदा ३३ जनाको भेन्टिलेटरमा उपचार हुँदै — OSNepal

१८३५ जना कोरोनामुक्त हुँदा ३३ जनाको भेन्टिलेटरमा उपचार हुँदै

LC (KTM) February 15, 2022 0

काठमाडौं ३ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा थप ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९५ नमूना परीक्षण गराउँदा ६ सय ८० जनाका संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

साथै, एकै दिन १८३५ जना कोरोनामुक्त भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ९लाख ४२ हजार ७३७ पुगेको छ।

मन्त्रालयले दिएको जानकारी अनुसार १७४ जनाको आइसीयूमा र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर