२४ लाख डोज खोपबारे छानविन गर्न बनेको समितिले बुझायो स्वास्थ्यमन्त्री खतिवडालाई प्रतिवेदन, यस्तो छ खोप हराउनुको कारण — OSNepal

२४ लाख डोज खोपबारे छानविन गर्न बनेको समितिले बुझायो स्वास्थ्यमन्त्री खतिवडालाई प्रतिवेदन, यस्तो छ खोप हराउनुको कारण

LC (KTM) February 15, 2022 0

काठमाडौं ३ फागुन । हराएको २४ लाख डोज खोपबारे छानविन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा बनेको छानबिन समितिले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएका हुन् ।

उक्त प्रतिवेदनमा स्थानीय तहहरूले खोप लगाएको तथ्यांक अध्यावधिक गर्न छुटाएको तथा खोप लिएर पनि स्वघोषणा गर्नुपर्ने व्यक्तिहरूले विवरण नटिपाएको उल्लेख गरिएको छ ।

कोभिड १९ कोरोना भाइरस विरुद्धको २४ लाख डोज खोप हराएको भन्दै सरकारको चौतर्फी आलोचना भएपछि सरकारले छानवीन समिति गठन गरेको थियो । उक्त समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ ।

खोप भन्डारणमा पनि समस्या देखिएकोले पनि उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । समितिले बुझाएको प्रतिवदेन मन्त्री खतिवडाले अध्ययन गरेपछि मात्र पत्रकार सम्मेलन गरिने बताइएको छ ।

साथै, उक्त समितिले एकिन खोप विवरण राख्न समेत सुझाव दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर