कांग्रेसले सुरु गर्यो प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव पारितमा दुईतिहाइ पुर्याउन गृहकार्य — OSNepal

कांग्रेसले सुरु गर्यो प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव पारितमा दुईतिहाइ पुर्याउन गृहकार्य

LC (KTM) February 15, 2022 0

काठमाडौं ३ फागुन । सत्तारुढ दल नेपाली कांग्रेसले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव पारित गराउने गृहकार्य सुरु गरेको छ ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरामाथि सत्ता गठवन्धनका ९८ जना सांसदहरुले महाभियोग प्रस्तावमा हस्ताक्षर गरी सचिवालयमा दर्ता गरेका थिए ।

महामन्त्री गगन थापाले दिएको जानकारी अनुसार महाभियोग प्रस्ताव पारित गराउन आवश्यक दुई तिहाई मत पुर्याउन कांग्रेसले सुरु गरिसकेको छ । आज बसेको संसदीय दलको बैठकमा पनि यस विषयमा छलफल भएको थियो ।

सत्ता गठवन्धनका माओवादी , नेपाली कांग्रेस र एकिकृत समाजवादी पार्टीले प्रधानन्यायाधी विरुद्ध महाभियोग प्रस्तावमा हस्ताक्षर गरेका हुन् ।

बैठकपछि थापाले भने, ‘गठबन्धनमा हुनुभएका र प्रतिपक्षमा हुनुभएका साथीहरू जो यसमा सहभागी हुनुभएको छैन, संसदीय दलको तर्फबाट केही साथीहरू पठाएर छलफल गर्ने बैठकबाट टुंगो लगाएका छौँ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर