भोली बस्ने संसद बैठकमा पनि एमालेले अवरोध गर्ने — OSNepal

भोली बस्ने संसद बैठकमा पनि एमालेले अवरोध गर्ने

LC (KTM) February 15, 2022 0

काठमाडौं ३ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भोली बुधबार बस्ने संसद बैठकमा पनि अवरोध गर्ने भएको छ ।

सत्तारुढ दल नेपाली कांंग्रेसले भोली बस्ने संसद बैठकमा एमसीसीको अनुमोदन गर्ने निष्कर्ष निकालेपछि गत भदौ २३ गते देखि निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएको संसद बैठकमा पनि विरोध गर्ने भएको हो ।

आफ्नो माग पुरा नभएसम्म संसद बैठक अवरोध गर्ने दलका नेता
शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

माधव नेपालसहित १४ जना सांसदलाई कारवाही गरेको सुचना सभामुख अग्निप्रसाद सापकोटाले नटाँसेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

यता भोली प्रधानमन्त्री शेरबहादुर देउवाले भने सभामुख सापकोटालाई भने संसद बैठक सुचारु गर्न भनीसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर