नेकपा एसको स्थायी कमिटिको बैठक फागुन ७ गते, यस्तो छ बैठकको मुख्य एजेण्डा — OSNepal

नेकपा एसको स्थायी कमिटिको बैठक फागुन ७ गते, यस्तो छ बैठकको मुख्य एजेण्डा

LC (KTM) February 15, 2022 0

काठमाडौं ३ माफुन । नेकपा एकिकृत समाजवादी पार्टीले स्थायी कमिटिको बैठक बोलाएको छ । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्ने भन्दै नेकपा एसले फागुन ७ गते स्थायी कमिटिको बैठक बोलाएको हो ।

पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले दिएको जानकारी अनुसार आउँदै गरेको स्थानीय तहको चुनाव ,प्रधानन्यायाधीशविरुद्धको महाअभियोग लगायतको विषयमा बैठकमा छलफल हुने भएको छ ।

भोली बुधबार संसद बैठकमा एमसीसी टेबुल हुने भएपछि एमसीसीको विपक्षमा रहेको नेकपा एसले यस विषयमा बैठकमा छलफल गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर