एमसीसी नलिदा अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिन्छ : सुजाता कोइराला — OSNepal

एमसीसी नलिदा अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिन्छ : सुजाता कोइराला

LC (KTM) February 15, 2022 0

काठमाडौं ३ फागुन । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य नेत्रृ सुजाता कोइरालाले एमसीसी पारित नगरी बस्दा नेपाललाई ठूलो क्षति पुग्ने बताएकी छन् ।

कांग्रेसको आज बसेको संसदीय दलको बैठक पछि पत्रकारहरुसँग बोल्दै नेत्रृ कोइरालाले यस्तो अभिव्यक्ति दिएकी हुन् ।

एमसीसीले नेपाल विदेशीको कब्जामा पर्छ, सैन्य प्रभाव बढ्छ भन्नु जग हसाउने कुरा भएको भन्दै उनले एमसीसीको विषयमा दोहोरो भूमिका नदेखाउन शिर्ष नेताहरु आग्रह समेत गरेकी छन् ।

उनले भनिन्,‘एमसीसी आएमा विदेशी सेना नै आउँछ, सैन्य प्रभाव बढ्छ भन्दा दुनियाँ हाँस्छन् ’ उनले भनिन् । नेपालको सुरक्षाका लागि नेपाली जनता सक्षम भएको बताएकी उनले नेपाल विगत देखि वर्तमानसम्म कसैको प्रभावमा नपरेको समेत स्पष्ट पारेकी छन् । ।

एमसीसी नलिदा अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिएर जाने भएकाले एमसीसीमा अल्झिएर बस्ने नभई विकासका अन्य काममा अगाडि बढ्न समेत उनले भनेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर