नेपालमा आज कोरोनाबाट १०१ जनाको निधन, अझै घटेन मृत्युदर — OSNepal

नेपालमा आज कोरोनाबाट १०१ जनाको निधन, अझै घटेन मृत्युदर

LC (KTM) June 04, 2021 0

काठमाडौं, जेठ २१ नेपालमा शुक्रबार थप ६६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार २० हजार ८ सय १३ परीक्षण मध्ये १४ हजार १८२ जनाको पिसिआर परीक्षणबाट ४६२४ जना र ६६३१ एन्टीजेटमार्फत २ हजार २९ जना संक्रमित पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज ८ हजार ६६३ जना संक्रमित निको भएका छन्।यो सँगै निको हुनेको संख्या ४७६१३० पुगेको छ । त्यस्तै आज १०१ जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७७३१ पुगेको छ।

यो पनि : पाँचथर आफ्नै अटेरिका कारण दुई पुरुषको मृत्यु : कोरोनाको परीक्षण गर्न अस्वीकार गरेका दुई पुरुषको मृत्यु भएको छ । एन्टिजेन परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली गाउँमै गएको समयमा परीक्षणका लागि गरिएको आग्रह अस्वीकार गरेका फिदिम नगरपालिका–८ का दुई पुरुषको बिहीबार मृत्यु भएको हो ।

उनीहरुलाई कोरोनाको लक्षणसँग मिल्ने स्वास्थ्य समस्याका कारण मृत्यु भएको हो । फिदिम–८ को कागते र घुमाउनेटार घर भएका क्रमशः ७२ र ६२ वर्षीय पुरुषको मृत्यु भएको वडाध्यक्ष शेरबहादुर नेम्वाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार लक्षण देखिएका उनीहरुको परीक्षण हुन सकेको थिएन । “वडामा टोली आउँदा परीक्षण गराऔँ भनेर मैले नै भनेको हुँ, मान्नुभएको थिएन”, वडाध्यक्ष नेम्वाङले भन्नुभयो, “हिजो दुःखद घटना भयो ।” उनीहरुमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने जस्ता स्वास्थ्य समस्या थिए । एकको बिहीबार अपराह्न ३ः०० बजे घरैमा नै मृत्यु भएको थियो भने अर्कालाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि फिदिम ल्याउने क्रममा राति ९ः०० बजे बाटैमा मृत्यु भएको वडाध्यक्ष नेम्वाङले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर