नेपालको पासपोर्ट विश्वकै सबैभन्दा कमजोर पासर्पोटको सुचीमा — OSNepal

नेपालको पासपोर्ट विश्वकै सबैभन्दा कमजोर पासर्पोटको सुचीमा

LC (KTM) February 15, 2022 0

काठमाडौं ३ फागुन । नेपालको पासपोर्ट विश्वकै सबैभन्दा कमजोर पासर्पोटको सुचीमा परेको छ । हेनली एन्ड पार्टनर्सले २०२२ ले जारी गरेको सुचीमा नेपालको पासर्पोट विश्वकै १ सय ५ स्थानमा परेको छ ।

विभिन्न राष्ट्रले दिएको प्रवेशको सुविधा र अनअराइभल भिसा अनि भिसा लिएर जानुपर्ने राष्ट्रका आधारमा गरिएको मूल्यांकनमा आर्टन पार्टनर्सले यो सुची सार्वजनिक गरेको हो । विभिन्न देशका पासपोर्टको बरियता सूचीमा नेपालको पासर्पोट बंगलादेश, कोसोभो, लिबिया तथा उत्तर कोरियाभन्दा पनि कमजोर रहेको सुचीमा उल्लेअ गरिएको छ ।

नेपाली पासपोर्ट बाहकले बिना भिसा मात्र ३७ देशको भ्रमण गर्न सक्छन् । सबैभन्दा शक्शिाली पासर्पोटमा जापान र सिंगापुरको पार्सर्पोट परेको छ । यी देशका नागरिकले विश्वका १ सय ९२ देशमा भिषाविना भ्रमण गर्न सक्नेछन् ।

सबैभन्दा कमजोर पासर्पोट अफगानिस्तान रहेको छ जसको स्थान १११ मा रहेको छ । वरियताका आधारमा उत्तर कोरियाको पासपोर्ट १०४, सोमालियाको १०६ र यमनको १०७औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर