नेता बाँस्कोटाको टिप्पणी : देउवाले सय दिनमा चुच्चे नक्सालाई बुच्चे बनाए — OSNepal

नेता बाँस्कोटाको टिप्पणी : देउवाले सय दिनमा चुच्चे नक्सालाई बुच्चे बनाए

LC (KTM) February 15, 2022 0

काठमाडौं ३ फागुन । नेकपा एमालेका नेता तथा पुर्व मन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले सयदिनमा चुच्चे नक्शालाई बुच्चे बनाएको भन्दै आलोचना गरेका छन् ।

नेता बास्ँकोटाले देउवाले सय दिनमा चुच्चे नक्सालाई बुच्चे बनाए जस्तो अब नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिर्कत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले हप्तादिन जसोमा एमसिसि सदनमा ध्वनी मतबाट पास र सडकमा धुमधामले टायर सहितको मशाल जुलुस गरी खारेज गर्ने भन्दै प्रचण्ड नेपालमाथि आलोचना गरेका छन् ।

रणनीतिक रक्षा र प्रत्याक्रमण भनेकै यहि हो भन्दै टिप्पणी गरेका उनले त्यसपछि राष्ट्रवादको नयां भाष्य निर्धारण हुने भन्दै व्यंग्य समेत गरेका छन् ।

नेता बास्ँकोटाले भनेका छन् ,’देउवाले सयदिनमा चुच्चे नक्शालाई बुच्चे बनाए। अब पुष्पकमल र माधबले हप्तादिन जसोमा एमसिसि सदनमा ध्वनी मतबाट पास र सडकमा धुमधामले टायर सहितको मशाल जुलुस गरी खारेज गर्छन।त्यसपछि राष्ट्रवादको नयां भाष्य निर्धारण हुन्छ।रणनीतिक रक्षा र प्रत्याक्रमण भनेकै यहि हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर