लमजुङमा ट्र्याक्टर पल्टिँदा बाबुको मृ त्यु, छोरा घाइते — OSNepal

लमजुङमा ट्र्याक्टर पल्टिँदा बाबुको मृ त्यु, छोरा घाइते

LC (KTM) June 04, 2021 0

लमजुङ, २१ जेठ- जिल्लाको राइनास नगरपालिका–८ भैँसीखोलामा ग १ च ५६९४ नम्बरको ट्र्याक्टर पल्टिँदा बाबुको मृ त्यु भएको छ भने छोरा घाइते भएका छन् । आज बिहान जिल्लाको दोर्दी गाउँपालिका–१ बेलघारीबाट राइनास तीनपिप्ले जाँदै गरेको सो ट्र्याक्टर उक्त स्थानमा पल्टिँदा राइनास वडा नं ४ का ६० वर्षीय रामबहादुर कुमाल मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार २८ वर्षीय एकबहादुर कुमाल घाइते हुनुभएको छ । उहाँहरु नाताले आफ्नै बाबु छोरा रहेको प्रहरीले जनाएको छ । ट्र्याक्टर चालक छोरा रहेका थिए । प्रहरीका अनुसार ट्र्याक्टर अनियन्त्रित हुँदा पल्टिएर बाबु छोरा नै च्यापिँदा बाबुको मृ त्यु भएको थियो । छोराको हातमा चोट लागेको छ । श व परीक्षण गर्न तथा घाइतेको उपचार गर्नका लागि बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला अस्पताल लमजुङमा ल्याइएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर