काठमाडौं २ । सभामुख अग्निप्रसाद सापकोटाले दलहरु लचिलो भए अमेरिकी सहयोग परियोजना एमसीसी पारित हुने बताएका छन् । सभामुख सापकोटाले आज सोमबार बोलाएको सर्वदलीय बैठकमा दलहरुबीच सहमति भएमा एमसीसी अघि बढाउने प्रतिक्रिया दिएका हुन् ।
एमसीसीको विषयमा दलहरुबिच सहमति हुनुपर्ने सापकोटाले बैठकमा भनेका छन् । संसदमा आफू अम्पायर मात्रै रहेको बताएका उनले संसद्को अवरोध हटाउने विषयमा नेताहरूले पहल गर्ने जनाएका छन् ।
नेकपा एमालेलाई सहमतिमा ल्याएर संसद सूचारु गराउन सरकार र सत्तारुढ दलहरुले गम्भिर पहल गर्ने महत्वपूर्ण सहमति गरिएको समेत सभामुख सापकोटाले बताएका छन् ।
बैठकमा सभामुख सापकोटाले यदि दलहरु बिच एमसीसीको विषयमा सहमति भए आफूले एमसीसी नरोक्ने समेत स्पष्ट पारेका छन् ।