‘ये है मोहब्बतेंमा अभिनय गरेर चर्चामा आएकी दिव्यांका भन्छिन् 'विकिनी लगाएर तस्वीर सामाजिक सञ्जालमा राख्ने युवतीहरु साँच्चै हिम्मतवाली हुन्' — OSNepal

‘ये है मोहब्बतेंमा अभिनय गरेर चर्चामा आएकी दिव्यांका भन्छिन् ‘विकिनी लगाएर तस्वीर सामाजिक सञ्जालमा राख्ने युवतीहरु साँच्चै हिम्मतवाली हुन्’

LC (KTM) June 04, 2021 0

काठमाडौं-टेलिसिरियलमा अत्यन्तै रुचाइएको अनुहार हो दिव्यांका त्रिपाठीको । उनी धेरै सिरयिलमा अभिनय गरेकी छन् । ये है मोहब्बतें’मा अभिनय गरेपछि चर्चामा आएकी उनले ‘विरासत’, ‘कसम से’, ‘सात फेरे–सलोनी का सफर’, ‘छोटी बहू–सिन्दूर बिन सुहागन जस्ता फिल्ममा अभिनय गरेकी छन् ।

संस्कार बुहारीको भुमिका निभाएकी उनी रियल लाइफमा पनि संस्कारी छन् । उनीअहिलेसम्म अनस्क्रिन त के अफस्क्रिनमा पनि विकिनीमा देखिएकी छैनन् । जबकी हिना खानदेखि लिएर सुरभी ज्योति, रश्मी देसाई, आरती सिंह र शेफाली जरीवालालगायतका अभिनेत्री विकिनीवाला तस्वीर सामाजिक सञ्जालमा शेयर गरिरहन्छन् ।

आफुलाई स्विमसुट या बिकिनी लगाउन लाज लागेको कारण आजसम्म आफुले स्विमिगं नगरेको बताएकी छन् । उनले भनेकी छन् किनी लगाउदा मलाई अनौठो अनुभव हुन्छ जो युवतीहरु विकिनी लगाएर आफ्नो सुन्दर तस्वीर सामाजिक सञ्जालमा राख्छन्, साँच्चै ती युवतीहरु हिम्मतवाली नै हुन् । उनले आफूलाई विकिनी लगाउन हिम्मत जुटाउनुपर्ने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर