हामी आवेश र उत्तेजनामा निर्णय गर्दैनौँ भन्दै ओलीले देउवा र उनका सहयात्रीलाई यसरी अप्ठ्यारोमा पारिदिए — OSNepal

हामी आवेश र उत्तेजनामा निर्णय गर्दैनौँ भन्दै ओलीले देउवा र उनका सहयात्रीलाई यसरी अप्ठ्यारोमा पारिदिए

LC (KTM) February 14, 2022 0

काठमाडौं, २ फागुन – प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले चार न्यायाधीशकाबारेमा आवेश र उत्तेजनामा निर्णय नगर्ने बताएका छन् ।

सोमबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले दोस्रो पटक विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिने चार न्यायाधीशकाबारेमा आवेग र उत्तेजनामा निर्णय नलिने बताएका हुन् ।

कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदले प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि काउन्टरमा एमालेले पनि चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने भनिएका बेला ओलीले सो बताएका हुन् ।

बैठकमा विभिन्न सांसदले जबरा र एमसीसीकाबारेमा धारणा राखेका थिए । सोही क्रममा सांसद घनश्याम भुसालले एमालेले जबरालाई बोकेर हिँड्न नहुने सुझाव दिएका छन् । सांसद भीम रावलले एमसीसीको विरोध गर्न माग गरेका छन् ।

एमाले संसदीय दलको बैठक सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर