एमाले संसदीय दलको बैठक बस्दै — OSNepal

एमाले संसदीय दलको बैठक बस्दै

LC (KTM) February 14, 2022 0

काठमाडौं, २ फागुन – एमाले संसदीय दलको बैठक केही बेरमा ससद भबन नयाँ बानेश्वरमा सुरु हुदैछ। सांसदहरु आउने क्रम जारी छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराविरुद्ध संसदले लगाएको महाअभियोगबारे पार्टीको आधिकारिक धारण सार्वजनिक गर्न बैठक बोलाइएको हो ।

यो पनि : कामु प्रधानन्यायाधीशद्वारा सर्वोच्चको फुलकोर्ट बैठक आह्वान : न्यायालयमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज सर्वोच्च अदालतको फुलकोर्ट बैठक आह्वान गर्नुभएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने कामु प्रधानन्यायाधीशले फुलकोर्ट बैठक नभई अनौपचारिक बैठक आह्वान गर्नुभएको जानकारी राससलाई दिनुभयो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा स्वतःनिलम्वनमा परेपछि कायममुकायम मुकरर गरिनुभएका कार्कीले सो बैठक बोलाउनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर