सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायी र प्रहरीबिच झडप — OSNepal

सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायी र प्रहरीबिच झडप

LC (KTM) February 13, 2022 0

काठमाडौं १ फागुन । सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायी र प्रहरीबिच झडप भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै सर्वोच्च परिसरमा भएको प्रदर्शनलाई रोक्न खोज्दा प्रहरी र कानुन व्यवसायीबिच झडप भएको हो ।

प्रहरीले मूल गेटमा जान रोकेपछि कानुन व्यवसायीले सडकमा आन्दोलन गरिरहेका छन् । प्रधानन्यायाधीश जवराको राजीनामा माग गर्दै नारा समेत लगाइरहेका छन् ।

यो पनि …
९८ जना सांसदहरुको हस्ताक्षर सहित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विरुद्ध महाअभियोग दर्ता

काठमाडौं १ फागुन । अन्तत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विरुद्ध महाअभियोग दर्ता भएको छ ।

९८ जना सांसदले हस्ताक्षर हस्ताक्षर गरेको महाअभियोग प्रस्ताव आज आइतबार ११ बजे संसद सचिवालयमा दर्ता भएको हो ।

सत्तारुढ पाँचदलीय गठबन्धनका कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहितथ ९८ जना सांसदले सांसदहरुले प्रधानन्यायाधीश जबरा विरुद्ध महाअभियोग प्रस्तावमा हस्ताक्षर गरेका हुन् ।

प्रधानन्यायाधीश जबरा विरुद्ध लामो समय देखि विरोध र प्रर्दशन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर