देउवाको ढोका चाहार्ने प्रचण्ड नेपाल लाई ‘कामरेड’ भन्न मिल्दैन : अध्यक्ष ओली — OSNepal

देउवाको ढोका चाहार्ने प्रचण्ड नेपाल लाई ‘कामरेड’ भन्न मिल्दैन : अध्यक्ष ओली

LC (KTM) February 11, 2022 0

काडमाडौं २८ माघ । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकिकृत समाजवादी पार्टी अध्यक्ष माधव नेपालमाथि कडा आलोचना गरेका छन् ।

अध्यक्ष ओली काँग्रेसले हात नदिए हिँडन नसक्नेहरुलाई बामपन्थी भन्न नमिल्ने भन्दै प्रचण्ड नेपाल माथि आलोचना गरेका हुन् । कांग्रेसका सभापति शेरबहादुर देउवाको ढोका चाहार्ने प्रचण्ड नेपाल लाई ‘कामरेड’ भन्न नमिल्ने ओलीको तर्क रहेको छ ।

शुक्रबार पार्टी केन्द्रिय कार्यालय थापथलीमा मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल)का नेता योगेन्द्र ढकाल र अजिता जिसीलाई पार्टीमा स्वागत गराउँर्दै गर्दा अध्यक्ष ओली अध्यक्षद्धय प्रचण्ड नेपालमाथि आलोचना गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर