कांग्रेसको अधिवेशन हुन बाँकी रहेको १६ जिल्लामा फागुन १३ गते अधिवेशन हुँदै — OSNepal

कांग्रेसको अधिवेशन हुन बाँकी रहेको १६ जिल्लामा फागुन १३ गते अधिवेशन हुँदै

LC (KTM) February 11, 2022 0

काठमाडौं २८ माघ । नेपाली कांग्रेसको बाँकी रहेको जिल्ला अधिवेशन यही फागुन १३ हुने भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरे अध्यक्षतामा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले बाँकी रहेको जिल्लामा फागुन १३ गते जिल्ला अधिवेशन हुने निणर्य गरेको हो ।

देशभर १६ जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन हुन बाँकी रहेको छ । जसमा प्रदेश २ का आठ जिल्ला र बाँकी अन्य आठ जिल्लामा निर्वाचन हुन बाँकी रहेको छ ।

केन्द्रीय निर्वाचन समितिको बैठकले दिएको जानकारी अनुसार सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा जिल्ला कार्यसमितिको अधिवेशन गर्न बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर