आज एकै दिन १४ जनाको कोरोना संक्रमणबाट गयो ज्यान — OSNepal

आज एकै दिन १४ जनाको कोरोना संक्रमणबाट गयो ज्यान

LC (KTM) February 11, 2022 0

काठमाडौं २८ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जना संक्रमितको ज्यान गएको छ । योसँगै हाल सम्म नेपालमा ज्यान गुमाउनेको संख्या ११ हजार ८७८ पुगेको छ ।

देशभर १७ हजार ४४७ पीसीआर परीक्षणमा ६६६ जना र तीन हजार ५४२ एन्टिजेन परीक्षणमा ४६२ जना गरी कूल एक हजार १२८ जनामा भने कोरोना संक्रमण पुष्टि भएको छ ।

साथै, पछिल्लो २४ घण्टामा थप दुई हजार २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोनोना संक्रमण मुक्त हुनेको संख्या ९ लाख ३२ हजार ८२२ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ४४१ जना रहेको छ । संक्रमति मध्ये २०३ जना भने काठमाडौं उपत्याकाका रहेका छन् । साथै ललितपुर र भक्तपुरमा क्रमशस् ४५ र १७ संक्रमितको पुष्टि भएको छ ।

त्यसैगरी, अन्य जिल्लामा मोरङमा २९, कास्की २५, नुवाकोट २०, बाँके १९, झापा १८, सुनसरी १६ र दाङमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर