नेपाल आउने मनसुनी प्रणाली भारतको केरला आइपुग्यो, नेपाल आइपुग्न एक हप्ता लाग्ने — OSNepal

नेपाल आउने मनसुनी प्रणाली भारतको केरला आइपुग्यो, नेपाल आइपुग्न एक हप्ता लाग्ने

LC (KTM) June 04, 2021 0

काठमाण्डौ -नेपालमा आउने मनसुनी प्रणाली भारतको केरलामा आइपुगेको छ ।त्यो प्रणाली एक हप्तामा नेपाल आइपुग्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपालमा आउने मनसुनी प्रणाली बंगालको खाडीमा विकास भएर हिजो बेलुका भारतको केरलामा आइपुगेको हो ।

सन् २०१० देखि २०२० सम्मको औसत विवरणअनुसार नेपालमा जुन १३ मा मनसुनी प्रणाली आइपुग्छ । यस वर्ष पनि जुन १३ अर्थात जेठ ३० गते आसपासमै नेपालमा आउने छ । सन् २०१० देखि २०२० सम्मको औसत विवरणअनुसार नेपालमा जुन १३ मा मनसुनी प्रणाली आइपुग्छ ।

यस वर्ष पनि जुन १३ अर्थात जेठ ३० गते आसपासमै नेपालमा आउने छ । अहिले पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेकोले केही ठाउँमा बादल लागेर सामान्य पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर