नेपालसहित दक्षिण एसिया र दक्षिण–पूर्वी एसियाका १८ देशलाई ७० लाख खोप दिने अमेरिकी घोषणा — OSNepal

नेपालसहित दक्षिण एसिया र दक्षिण–पूर्वी एसियाका १८ देशलाई ७० लाख खोप दिने अमेरिकी घोषणा

LC (KTM) June 04, 2021 0

काठमाडौं । अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत दक्षिण एसिया तथा दक्षिण–पूर्वी एसियाका मुलुकलाई ७० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ । दक्षिण एसियामा आठ र दक्षिण–पूर्वी एसियामा ११ देश छन् ।

तेस्रो विश्वका विपन्न देशहरूका लागि खोप संकलन गर्न विश्व स्वास्थ्य संगठनको नेतृत्वमा गत वर्षको अप्रिलमा नै ‘कोभ्याक्स’ कार्यक्रम सुरु भएको थियो । खोपको यो बास्केटमा भ्याक्सिन उत्पादक सम्पन्न देशहरूले खोप अनुदान दिँदै आएका छन् । सोही कार्यक्रमअन्तर्गत अमेरिकाले दक्षिण एसिया र दक्षिण–पूर्व एसियाका देशहरूका लागि ७० लाख डोज खोप दिने घोषणा गरेको हो ।

दक्षिण एसियामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स र अफगानिस्तान छन् । त्यस्तै, दक्षिण–पूर्वी एसियामा मलेसिया, थाइल्यान्ड, म्यान्मार, सिंगापुर, इन्डोनेसिया, पूर्वी टिमोर, भियतनाम, कम्बोडिया, लाओस, फिलिपिन्स र ब्रुनाई छन् ।

राष्ट्रपति जो बाइडेनले बिहीबार सार्वजनिक विज्ञप्तिमार्फत ७० लाख खोप अनुदान दिने घोषणा गरेका हुन् । उनले जुन महिनाको अन्तिम ९असार १५०सम्म खोप उपलब्ध गराइसक्नेसमेत घोषणा गरेका छन् । कोरोना नियन्त्रणका लागि अमेरिकाले नेतृत्वदायी भूमिका निर्वाह गर्नेसमेत उनले बताएका छन् ।

‘हामी संसारको जहाँसुकै कोभिड महामारी अन्त्य गर्ने प्रयासमा प्रतिबद्ध छौँ । विश्वको कुनै पनि ठाउँमा यो रहेसम्म अमेरिकी जनता जोखिममा नै हुनेछन्,’ अमेरिकी राष्ट्रपति बाइडेनले भनेका छन् । उनले अमेरिकामा जस्तै खोप कार्यक्रम विश्वभर तीव्र बनाउन काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

कोभ्याक्सप्रति अमेरिकी प्रतिबद्धताअनुसार खोप घोषणा हुँदा भने नेपालमा राज्यस्तरबाट उत्ताउलो प्रतिक्रिया आएको छ । अपरिपक्व प्रतिक्रियाको लहर राष्ट्रपति कार्यालयबाटै सुरु भएको थियो । ‘सम्माननीय राष्ट्रपतिज्यूको अग्रसरता र नेपाल सरकारको क्रियाशीलताले कोभिड– १९ विरुद्धको खोप प्राप्तिमा आज अर्को सफलता प्राप्त भएको छ । हाम्रो अनुरोधलाई स्वीकार गर्दै संयुक्त राज्य अमेरिकाले नेपाललाई ५० लाख डोज खोप उपलब्ध गराउने जानकारी गराएको छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले ट्विट गरेका थिए ।नयाँ पत्रिकामा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर