नेपालीको नेता हो भने विदेशी स्वार्थ र दवावका सामु आत्मसमर्पण गरेर एमसीसी पारित गर्न हुँदैन : भीम रावल — OSNepal

नेपालीको नेता हो भने विदेशी स्वार्थ र दवावका सामु आत्मसमर्पण गरेर एमसीसी पारित गर्न हुँदैन : भीम रावल

LC (KTM) February 11, 2022 0

काठमाडौं २८ माघ । नेकपा एमालेका नेता डा भीम रावलले आँखा चिम्लेर विदेशी स्वार्थ र दबाबका सामु आत्मसमर्पण गर्नु देश र जनताप्रतिको गद्दारी हुने बताएका छन् ।

एमसीसीको विरोधमा उत्रिएका नेता रावलले सामाजिक सञ्जाल मार्फत आफ्नो अभिव्यक्ति दिएका हुन् । नेपालको स्वाधीनता, स्वतन्त्रता र हितविपरीतका एमसीसीका प्रावधानहरूप्रति आँखा चिम्लेर विदेशी स्वार्थ र दबाबका सामु आत्मसमर्पण गर्नु भएको बताएका छन् ।

यस्तो अपराध नेपालीको नेता हुँ भन्नेले गर्न नमिल्ने समेत बताएका छन् । यता प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गर्न लागि परेका छन् ।

गठवन्धनबाट समर्थन नपाएका देउवा गठवन्धन टुटाएर भएपछि एमसीसी पारित गर्न लागि परेका छन् ।

उनले भनेका छन् , ‘नेपालको स्वाधीनता, स्वतन्त्रता र हित विपरीतका एमसीसीका प्रावधानहरू प्रति आँखा चिम्लेर विदेशी स्वार्थ र दवावका सामु आत्मसमर्पण गर्नु देश र जनताप्रतिको गद्धारी र राष्ट्रलाई पराधीन तुल्याउने बाटोमा धकेल्ने अपराध हो। यस्तो अपराध नेपालीको नेता हुँ भन्नेले गर्न मिल्दैन।’

नेता रावललको ट्वीट :नेपालको स्वाधीनता, स्वतन्त्रता र हितविपरीतका एमसीसीका प्रावधानहरूप्रति आँखा चिम्लेर विदेशी स्वार्थ र दबाबका सामु आत्मसमर्पण गर्नु देश र जनताप्रतिको गद्दारी र राष्ट्रलाई पराधीन तुल्याउने बाटोमा धकेल्ने अपराध हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर