काठमाडौं, २८ माघ – आईसीसी टी-२० विश्वकप दोस्रो पटक खेल्ने लक्ष्य साथ ओमान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले प्रतियोगिता अघि आजबाट सुरु हुने चारदेशीय शृंखला खेल्दैछ ।
शुक्रबार ओमानको अल अमेरात क्रिकेट मैदानमा पौने चार बजेबाट सुरु हुने खेलमा नेपालले घरेलु टोलीको सामना गर्न लागेको हो ।
नेपाल सहित आयोजक ओमान, संयुक्त अरब इमिरेट्स (यूएई) र आरल्याण्ड सम्मिलित शृंखला नेपाली टिमका लागि आफ्नो कमजोरी सुधार्ने राम्रो अवसर बनेको छ ।
ओमानमा पहिलो पटक सन्दीप लामिछानेले कप्तानी गर्दा विवेक यादब, लोकेश बम र सागर ढकालले सिनियर टोलीबाट पहिलो पटक खेल्नेछन् ।
यस शृंखला पछि १४ सदस्यीय टोलीले बिश्वकपको ग्लोबल छनोट खेल्नेछ ।