के साँच्चिकै नेपालमा हालसम्म कोरोनाको नयाँ भेरिएन्ट पुष्टि नभएको हो त ? — OSNepal

के साँच्चिकै नेपालमा हालसम्म कोरोनाको नयाँ भेरिएन्ट पुष्टि नभएको हो त ?

LC (KTM) June 04, 2021 0

सरकारले नेपालमा हालसम्म कोरोनाको नयाँ भेरिएन्ट पुष्टि नभएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बेलायती मिडियामा आएको भनिएजस्तो कोरोनाको नयाँ भेरिएन्ट हालसम्म देखा नपरेको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । लायतको डेलीमेलले कुनै स्रोत उल्लेख नगरी नेपालमा भेरिएन्ट भेटिएको भन्दै समाचार दिएपछि मन्त्रालयले यसबारे स्पष्ट पारेको हो ।

नेपाल भेरिएन्टबारे कुनै जानकारी भए सूचित गर्न बेलायतको अन्तर्राष्ट्रिय स्वास्थ्य हेर्ने निकायसँग माग गर्दै पत्र पठाइएको र उताबाट त्यसको जवाफ नआएको डा. पौडेलले जानकारी दिए ।

यो पनि : अहिलेसम्मकै खुशीको खबर, अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको ठूलो संख्यामा खोप उपलब्ध गराउने पक्का : काठमाडौँ । नेपालले अमेरिकाबाट कोभ्याक्स सुविधाअन्तर्गतको अनुदानबाट कोरोनाविरुद्धको खोप पाउने भएको छ । अमेरिकी सरकारले बिहीबार घोषणा गरेबमोजिम एसिया क्षेत्रका मुलुकलाई वितरण गर्ने ७० लाख मात्रा खोपमध्येबाट नेपालले कोभ्याक्स सुविधाको खोप पाउने भएको हो ।

केही समयअघि मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले खोप उपलब्ध गराउनका लागि सहजीकरण गरिदिन आग्रह गर्नुहँुदै अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेख्नुभएको थियो । सोही अनुरोधका आधारमा नेपालले अमेरिकाबाट खोप पाउन लागेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालले अमेरिकासँग ५० लाख मात्रा खोपको अपेक्षा गरेको छ तर हाल घोषणा गरिएअनुसारको कोभ्याक्स अनुदानबाट त्यो सबै मात्रा आउन सक्ने सम्भावना कम रहेको राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “एसियाका १६ देशका लागि ७० लाख मात्रा खोप दिने भनिएको छ, यसमा हामीले कति पाउँछौँ भन्ने कुरा अमेरिकाले स्पष्ट भनिसकेको अवस्था तत्काल छैन ।” तर नेपालले अनुरोध गरेअनुसारको ५० लाख मात्राको खोप ढिलो चाँडो आउँछ भन्ने अपेक्षा रहेको उहाँले बताउनुभयो ।यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ । नेपालले सबै नागरिकलाई खोप लगाउने योजनाअनुसार मित्रराष्ट्रबाट खोप ल्याउने अभियानमा राष्ट्रपति र नेपाल सरकारबाट पहल भइरहेको छ ।

अमेरिकासँग थप पहलमार्फत थप खोप ल्याउनसमेत गृहकार्य जारी रहेको ढकालले बताउनुभयो । तत्काल कोभ्याक्स अनुदानमा अमेरिकाले दिने घोषणा गरेको खोप आगामी तीन–चार दिनभित्र आइपुग्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर